Below Menu
Below Menu

रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले बढ्यो, एक महिनामा भित्रियो एक खर्ब ३६ अर्ब 

रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले बढ्यो, एक महिनामा भित्रियो एक खर्ब ३६ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा एक खर्ब ३६ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।

यस अवधिमा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भई  एब खर्ब ३६ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो । 
साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ लाख ६४७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रहेको थियो ।
 

Advertisment

थप समाचार