काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दूर्लभ पद नठानेको उद्घोष गरेका छन् ।
विहिबार प्रतिनिधि सभा अन्तरगत रहेको अन्तरास्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा भनेका हुन्। उनले भने, 'मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेकाो छैन।म आफ्नो ईमान र मेहनतको भरमा काम गरिरहेको छु।'
उनले अहिले मन्त्रालय मातहतका वेथिती र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताए। उनलाई आफुलाई विकृतिको डुंगुरमाथि उभिएको अनुभुती समेत भईरहेको बताएका छन् । उनले आफू संसदमा तेस्रो पटक आएको बताउँदै कानुनी र संवैधानिक रूपमा सहयोग गर्न समेत अपिल गरेका छन्।
साथै हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको समेत स्मरण गराएका छन्।