शुभ लक्ष्मी कोषद्वारा ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा

शुभ लक्ष्मी कोषद्वारा ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं : शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना उक्त कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

Sponsored Advertisement

साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजननका लागि कोषले साउन १५ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। जस अनुसार हिजो अर्थात साउन १४ गतेसम्म कायम रहेका इकाईधनीहरुले मात्र कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन्। 

पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन २१ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले जानकारी दिएको छ । 

थप समाचार