Below Menu
Below Menu

घरजग्गा कारोबारसँगै राजस्वमा पनि सुधार, चैतमा उठ्यो करिब साढे चार अर्ब 

घरजग्गा कारोबारसँगै राजस्वमा पनि सुधार, चैतमा उठ्यो करिब साढे चार अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको चैतमा घरजग्गा कारोबारबाट करिब साढे चार अर्ब राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार यस अवधिमा घरजग्गाको कारोबार बढेसँगै राजस्वमा पनि सुधार देखिएको हो । 

विभागका अनुसार चैत महिनामा घरजग्ग्गा कारोबारबाट कुल राजस्व चार अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत फागुनकोे तुलनामा ९.१२ प्रतिशत अर्थात ३६ करोड ५लाखले बढी हो । 

फाुगनमा सरकारले घरजग्गा कारोबारबाट कुल राजस्व ३ अर्ब ९५ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागकाअनुसार कुल राजस्वमध्ये सेवा कर ३१ करोड ५२ लाख रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।

चैतमा ४९ हजार ६१२ घरजग्गा कारोबार भएको विभागले जनाएको छ । यस अवधिमा ३८ हजार ७४० वटा घरजग्गा रोक्का भएको छ भने २९ हजार १५२ जग्गा फुकुवा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसअघि फागुनमा महिनामा ४९ हजार २८७ घरजग्गा कारोबार भएको थियो भने  माघमा महिनामा ४९ हजार २९० वटा घरजग्गा किनबेच भएको थियो । 

त्यस्तै, पुसमा ४५ हजार २७७ वटा, मंसिरमा ४१ हजार ८५१ वटा, कात्तिकमा २६ हजार, असोजमा ४७ हजार ३९८ वटा भदौमा ३५ हजार ६८६ वटा र साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।

Advertisment

थप समाचार