काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार एक सूचजा जारी गर्दै निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको हो ।
उक्त निर्माण कम्पनी तथा व्यवसायीलाई ठेक्का लिएर समयमा काम नगरेको भन्दै एक वर्षदेखि तीनवर्षसम्मको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Advertisment