Below Menu
Below Menu

ललिता निवास प्रकरणको मुद्दामा आज फैसला सुनाइने 

ललिता निवास प्रकरणको मुद्दामा आज फैसला  सुनाइने 

काठमाडौ : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार (आज) फैसला सुनाउने तयारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधबार तयार भई नसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । सुनुवाइ सकिएपछि बुधबार फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।

Advertisment

थप समाचार