Below Menu
Below Menu

नेप्सेको कारोबार प्रणाली पुनः तीन दिन बन्द हुने

नेप्सेको कारोबार प्रणाली पुनः तीन दिन बन्द हुने

काठमाडौं : नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले (आज) बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जनाएको हो ।

विद्युत मर्मत तथा सम्भारको लागि नेप्सेले दोश्रो चरणको बिहीबार अर्थात माघ ४ गते साँझ ५ बजेदेखि शनिबार अर्थात माघ ६ गते राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।

यसअघि पनि नेप्सेको कारोबार प्रणाली गत पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राती ११ बजेसम्म बन्द भएको थियो ।

Advertisment

थप समाचार