Below Menu
Below Menu

ओटिसी बजारबाट छ महिनामा साढे ६३ करोडको शेयर कारोबार 

ओटिसी बजारबाट छ महिनामा साढे ६३ करोडको शेयर कारोबार 

काठमाडौं : चालु आर्थिक वर्षको  दोस्रो त्रैमाससम्म ओभर द काउन्टर (ओटिसि) बजारमा ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । पुस मसान्तसम्म ओटिसी बजारमा ६३ करोड ६५ लाख ७ हजार रुपैयाँ बराबरको ५९ लाख ६७ हजार २२० कित्ता शेयर किनबेच भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल हस्पिटालिटी एण्ड होटलको २५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सबैभन्दा कम एभरेष्ट ग्यास उद्योगको चार लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, यस अवधिमा त्रिशक्ति सेक्युरिटिजको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने हिल्टन हाइड्रोपावरको ५ करोड, स्नो रिभरको ५ करोड, चितवन फूड इन्डष्ट्रिजको ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

नेप्सेका अनुसार सूचीकरण नभएका, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार तथा नामसारी ओटिसीमा कारोबार गर्न सकिने व्यवस्था रहेको छ । 

सोही प्रावधान अनुरूप नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत ओटिसि बजार सञ्चालनमा छ । हालसम्म २२६ कम्पनीहरु ओटिसी बजारमा दर्ता भई कारोबार भएको नेप्सेले जनाएको छ । जसमा धेरैजसो जलविद्युत कम्पनी लगायत वास्तविक क्षेत्रका कम्पनी छन् । दर्ता शुल्क नलाग्ने तथा कारोबारमा सहजता र कारोबार शुल्क न्यून रहेको छ ।


 

Advertisment

थप समाचार