Below Menu
Below Menu

नेप्सेमा सामान्य अंकको गिरावट, परिसूकसँगै घट्यो कारोबार 

नेप्सेमा सामान्य अंकको गिरावट, परिसूकसँगै घट्यो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा बन्द भएको थियो । 
आज कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा आठ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा नौ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, महिला लघुवित्त र गणपति लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

आज तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार