काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । आज बजारमा नौ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा ग्लोबल आईएमई लघुवित्त र नेपाल वेयर हाउजिङ कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज इष्टर्न हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment