Below Menu
Below Menu

इमर्जिङ्ग नेपालले वितरण गर्यो नगद लाभांश

इमर्जिङ्ग नेपालले वितरण गर्यो नगद लाभांश

काठमाडौं : इमर्जिङ्ग नेपाल लिमिटेडले यस वर्षको नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ८ दशमलव ४२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । 

कम्पनीले मङ्सिर १५ गते आठौं वार्षिक साधारण सभाबाट पारित गरिसकेको लाभांश कम्पनीले माघ ३ गते सूचना जारी गर्दै बैंक खातामा जम्मा गरिसकेको जनाएको हो ।

कम्पनीले हाल हाल कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रूपैयाँको आधारमा ४ करोड ६७ लाख ८७ हजार ३६८ रूपैयाँ बराबरको नगद लाभांश  वितरण गरेको हो । 

कम्पनीका अनुसार मङ्सिर ५ गतेसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामै नगद लाभांश जम्मा गरिएको हो ।

यसका साथै मङ्सिर ५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र जम्मा गरिने  कम्पनीले जनाएको हो । 

Advertisment

थप समाचार