काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment