Below Menu
Below Menu

घट्दो ब्याजदरले शेयर बजारमा रौनक, परिसूचकसँगै कारोबारमा पनि उछाल 

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदरले शेयर बजारमा रौनक छाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा लचकता अपनाएसँगै बजारले गति लिन थालेको हो । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाएको छ भने नीतिगत ब्याजदर पनि घटाएको छ । 

नीतिगत लचकताले शेयर धितो कर्जामा पनि बढेको छ । घट्दो ब्याजदरले  लगानीकर्ताहरु शेयर धितो राखेर कर्जा लिन उत्साहित नै छन् । भने शेयर बजारमा पनि सुधार देखिएको छ । 

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ३१.६२ अंकले घटेर २१२०.६२ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका २१४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा आठ  अर्ब दुई करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब ४५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन एन्फ्रास्ट्रक्चर, नेपाल वेयर हाउजिङ र हिमालयन पावर पार्टनर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै अन्य दश कम्पनीको शेयरमूल्य पनि सर्कित लेभलमा पुगेको छ । आज ज्योति विकास बैंक डिबेञ्चरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार