Below Menu
Below Menu

सुनको मूल्य आज पनि घट्यो 

सुनको मूल्य आज पनि घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार