Below Menu
Below Menu

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १५.७९ प्रतिशत लाभांश दिने 

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १५.७९ प्रतिशत लाभांश दिने 

काठमाडौं : साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

Advertisment

थप समाचार