काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गते (आज) देखि बुक बिल्डिङ मार्फत सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर ३६० दशमलव ९० रुपैयाँका दरमा आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपरासीको सुनवल नगरपालिका वडा नं। ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं। १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं। २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं। १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं। ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं। ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो ।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
स्थानीय बासिन्दाले कम्पनीको आईपीओमा माघ १० गतेसम्मका लागि आवेदन दिन सक्नेछन् भने ढिलोमा माघ २५ गतेसम्म समय लम्बिनेछ । वैदेशिक रोजगारीमा गएकाहरुले भने माघ १० गतेसम्म आवेदन दिनुपर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ ।
आईपीओ खरिदका लागि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासीको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
Advertisment