Below Menu
Below Menu

लाभांश पारित गर्न सिटिजन लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न सिटिजन लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न लागेकोे लाभांश प्रस्ताव पारित गर्न माघ १४ गते साधारणसभा बोलाएको हो ।

उक्त सभा आम्रपाली व्याङक्वेट भाटभटेनी नक्सालमा बिहान ११ बजे हुनेछ । सभाले सञ्चालन समितिको वार्षिक प्रतिवेदन, लाभांश वितरण गर्ने प्रस्ताव र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले चुक्ता पुँजी वृद्धि गर्न वितरण गर्न लागेको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २९ गते बुक क्लोजको मिति तय गरेको छ । जस अनुसार पुस २८ गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

Advertisment

थप समाचार