Below Menu
Below Menu

सानिमा जिआईसी इन्स्योरेन्सको १३ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्सको १३ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको १३ लाख कित्ता बढी संस्थापक शेयर विक्रीमा ल्याएको छ । कमपनीले संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २३ हजार ३९७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इन्स्योरेन्सको शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि कम्पनीको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार