Below Menu
Below Menu

कान्तिपुरविरुद्ध रविले हाले मुद्दा 

कान्तिपुरविरुद्ध रविले हाले मुद्दा 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले मंगलबार कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् ।
कान्तिपुर पब्लिकेशनले आफूविरुद्ध भ्रामक समाचार सामग्री सम्प्रेषण गरेको उनको आरोप छ । नियोजित रुपमा आफूलाई बदनाम गर्नेगरी समाचार लेखेको भन्दै आफू कानुनी उपचारमा गएको लामिछानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए÷देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिनँ भने यो अनुहार लिएर भोट माग्न आउँदिनँ । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’
 

Advertisment

थप समाचार