काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा पुगेको हो । सोमबार नेप्से ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा चार अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टस्को सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा चिरख्वा हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment