Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टको आईपीओ पुस २५ गतेदेखि बिक्रीमा 

सर्वोत्तम सिमेन्टको आईपीओ पुस २५ गतेदेखि बिक्रीमा 

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि बुक बिल्डिङ मार्फत सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर ३६ं दशमलव ९० रुपैयाँका दरमा आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । 

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपरासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो । 

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 
कम्पनीको आईपीओमा न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

स्थानीय बासिन्दाले कम्पनीको आईपीओमा माघ १० गतेसम्मका लागि आवेदन दिन सक्नेछन् भने ढिलोमा माघ २५ गतेसम्म समय लम्बिनेछ । वैदेशिक रोजगारीमा गएकाहरुले भने माघ १० गतेसम्म आवेदन दिनुपर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले सिआस्वा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् । 
 

Advertisment

थप समाचार