काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment