काठमाडौं : गोठाटारमा रहेको सोफा हब काठमाडौंमा आगलागी भएको छ । कागेश्वरी मनहरा -९ स्थित हात्तीडाँडा चोक गोठाटारमा रहेको सोफा फ्याक्ट्रीमा आगलागी भएको स्थानीयले जानकारी दिए ।
फ्याक्ट्रीमा विद्युतको तार सर्किट भई आज दिउँसो साढे चार बजे आगलागी भएको स्थानीयले बताएका छन् ।
स्थानीय र दमकलले आगो निभाउने प्रयास भइरहेको जानकारी स्थानीयले दिएका छ् । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
Advertisment