काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा पुगेको हो । बुधबार नेप्से १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा चार अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज धौलागिरी लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment