काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर १ को अनुपातका हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ।
Advertisment