काठमाडौं : नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तरगत एकैपटक तीन वटा बीमा पोलिसीको जारी गरेको छ । प्राधिकरणले आगामी पुस १६ गते लागू हुने गरि दलहन (दाल) बाली, आँप खेती र ओखर खेतीको बीमा गर्न मिल्ने गरि बीमालेख जरी गरेको हो ।
बीमालेख जारी भएसँगै अब बीमा कम्पनीहरुले आगामी पुस १६ गते देखि दाल खेती, आँप खेती र ओखर खेतीको बीमा गर्न सक्नेछन् ।
यसैगरि प्राधिकरणले पंक्षी बीमालेख पनि संसोधन पनि गरेको छ । पन्छी बीमामा समावेश नभएका र कृषकहरुको मागलाई मध्यनजर गर्दै प्राधिकरणले मसिंर १३ गते उक्त पोलिसी जारी र संशोधन गरेको हो । अब कम्पनीहरुले पंक्षीको बीमा संशोधित अर्थात नयाँ व्यवस्थाअनुसार गर्नुपर्नेछ ।
कृषि बीमाको दायरा विस्तार गर्ने उद्देश्यका साथ थप तीन खेतीको बीमा गर्ने व्यवस्था मिलाइएको प्राधिरकणले जनाएको छ । नयाँ बीमालेख जारी भएसँगै दाल, आँप र ओखर खेती गर्दै आएका किसान तथा व्यवसायीलाई बीमा गर्न बाटो खुलेको छ ।
Advertisment