Below Menu
Below Menu

निरन्तर बढ्दै शेयर बजार, सात अर्ब नाघ्यो कारोबार 

निरन्तर बढ्दै शेयर बजार, सात अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको चौथोे कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३५.४१ अंकले बढेर २१४१.८७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको । आज बजारमा ७ अर्ब ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बोटलर्स नेपाल, हिमालयन डिष्ट्रिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट, लिवर्टी इनर्जी, युनाइटृड इदी मार्दी हाइड्रो, बलेफी हाइड्रो, बिपिडब्लु लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रोपावर र हाइथवे इन्भेष्मेन्ट नेपाल रहेका छन् ।

त्यस्तै, मिड सोल हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल, मुक्तिनाथ कृषि कम्पनी र हिमालय पावर पार्टनर कम्पनीको शेयरमस्ल्य पनि सर्किट लृभलमा पुगेको छ ।

आज कुमारी धनवृद्धि योजना लगायतका सात कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार