काठमाडौं : कर्जा सूचना केन्द्रले शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशतका दरले हुन आउने ८ करोड ७२ लाख ५० हजार ७६० रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते साधारणसभा बोलाएको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन होटल रोयल सिंगे काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो ।
सो सभाले प्रस्तावित लाभांश सहित गत आवका वित्तीय विवरण लगायतका प्रस्ताव पारित गर्नेछ ।
Advertisment