काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार मूल्यवृद्धि वान्छित सिमा भिभ रहेको छ भने रेमिट्यान्स बढेको छ । त्यस्तै चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । अर्थतन्त्रको बाह्य सूचकहरु सकारात्म देखिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । यस्तै आयात ३.८ प्रतिशतले घटेको छ भने निर्यात ७.७ तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ । यसैगरी नेपाल सरकारको खर्च रु.३५५ अर्ब ६३ करोड र राजस्व परिचालन रु.२७६ अर्ब ६४ करोड रहेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको बैंकको भनाइ छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ ।
Advertisment