काठमाडौं : कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेर १६ खर्ब ९६ अर्ब पुगेको छ । नेपा राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको कात्तिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा आइपुग्दा १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ८३ करोड पुगेको छ .
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई रु.२०५ अर्ब ९५ करोड कायम भएको छ ।
कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ
Advertisment