काठमाडौं : नेपाल दुरसञ्चार प्राधिकरणले युटिएलसहित तीन सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । बिहिबार एक सूचना जारी गर्दै प्राधिकरणले सूचना प्रकाशित गर्दै युनाईटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको जनाएको हो ।
तोकिएको समयावधिभित्र नविकरण गर्नका लागि दस्तुर दाखिला नगरेकाले प्राधिकरणले तीन वटै सेवा प्रदायकको इन्टरनेट (इमेलसहित) को अनुमति पत्र खारेज गरेको हो । प्राधिकरणले दुरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ बमोजिम उक्त कम्पनीको अनुमतिपत्र खारेज गरेको हो ।
यसका साथै तीन वटै कम्पनीहरुलाई नियमानुसार शुल्क तिर्न वा बुझाउन पर्ने रकम तथा दस्तुर र विवरणहरु आगामी ३० दिनभित्र तिर्न तथा बुझाउन समेत प्राधिकरणले ताकेता गरेको छ ।
प्राधिकरणका अनुसार युनाइडेड टेलिकम लिमिटेड (युटिएल) ले २०६० सालमा अनुमित पत्र लिएको थियो भने म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिले २०७५ सालमा अनुमति पत्र लिएका थिए ।
Advertisment