काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा तीन अर्ब ९० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बोटलर्स नेपाल, घलेम्दी हाइड्रो र सानिमा डिबेञ्चर रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै आज कुथेली बुखारी स्मल हाइड्रोपावर र सानिमा माइ हाइड्रो शेयरमूल्य ५ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment