Below Menu
Below Menu

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ? 

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार नेप्सेले सर्वसाधारणमा जारी गरेको कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण लगानीकर्ता, संस्थापक शेयरधनी र कर्मचारीमा जारी गरेको ७० लाख शेयर सूचीकृत गरेको हो ।

नेप्सेमा कम्पनीको सिम्बोल ‘एमकेसीएल’ रहेको छ । नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम ७६ दशमलव ८१ रुपैयाँदेखि अधिकतम २३० दशमलव ४३ रुपैयाँसम्म तोकेको छ । कम्पनीको आईपीओ बिहिबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Advertisment

थप समाचार