Below Menu
Below Menu

तीन दिनभित्र वित्तीय विवरण पेश गर्न सूचीकृत कम्पनीहरुलाई नेप्सेको निर्देशन 

तीन दिनभित्र वित्तीय विवरण पेश गर्न सूचीकृत कम्पनीहरुलाई नेप्सेको निर्देशन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरणहरु अध्यावधिक गर्न निर्देशन दिएको छ । 
सूचीकृत कम्पनीहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस नगरेपछि तीन दिनभित्र  विरण पेश गर्न नेप्सेले निर्देशन दिएको हो ।

धितोपत्र सूचीकरण विबनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु पेस गर्न निर्देशन दिएको हो ।

विनियमावली अनुसार समयमा नेप्सेले उपलब्ध गराएको नोट्स लगइन मार्फत विद्युतीय प्रति अपलोड गर्नुपर्ने उल्लेख छ । तर, केही संगठित संस्थाहरुले विवरण नगरेपछि तीन दिन भित्र वित्तीय विवरण अध्यावधिक गर्न नेप्सेले निर्देशन दिएको हो । 

साथै समयमै वित्तीय विवरण अध्यावधिक नगर्ने सूचीकृतलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारवाही गरिने समेत नेप्सेले चेतावनी दिएको  । 
 

Advertisment

थप समाचार