काठमाडौं : नेपाल धतोपत्र बोर्ड (सेबोनले ) लक इन पिरियड खुल्नेबारे सर्वसाधारणलाई पूर्व सूचना दिन निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई लक इन अवधि सकिनु अघि कम्तीमा ३० तीस दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको हो ।
यसका साथै लक इन पिरियड सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भएपछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्न समेत निर्देशन दिएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको विक्री गर्ने नपाईने व्यवस्था रहेको छ ।
तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० (तीस) दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन शेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कुल शेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्टरुपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्न बोर्डले निर्देशन दिएको हो ।
बोर्डका अनुसार सूचीकृत संगठित संस्थाबाट लक इन अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात् नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लिले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सवैले सहजै देख्न सक्नेगरी वेवसाईटमा राख्नुपर्नेछ

Advertisment