काठमाडौं : शेयर कारोबार २० मिनेटका लागि बन्द भएको छ । बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमै नेप्से परिसूचक४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार बन्द भएको हो ।
उक्त अवधिमा २०१ कम्पनीको १६ करोड ५२ लाख ८० हजार ८९० रुपैयाँ ४ लाख ७७ हजार २३१ कित्ता शेयर किनबेच भएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापनि शेयर बजारमा उछाल देखिएको छ। बजारमा एकाएक उछाल आएपछी कारोबार स्थगित भएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत शेयर धितो कर्जाको जोखिम भार २५ विन्दुले घटाएको थियो ।
Advertisment