Below Menu
Below Menu

ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्ड गर्दै अमेरिकी सेना

ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्ड गर्दै अमेरिकी सेना

वासिङ्टन : अमेरिकी सेनाले बुधबार आफ्नो  भी२२ ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डिङ गरिरहेको छ ।  वायुसेनाको सो विमान जापानको तटमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका आठ अमेरिकी सेनाको मृत्यु भएको एक हप्तापछि अनेरिकलाले फ्लीटलाई ग्राउन्डिङ गर्न लागेको हो ।

युएस एयर फोर्स स्पेशल अपरेशन कमाण्डले विज्ञप्ति जारी गर्दै यसका कमाण्डर टोनी बाउर्नफेन्डले नोभेम्बर २९ को तटमा सी भी-२२ ओस्प्रेको दुर्घटना बारे अनुसन्धान जारी रहँदा जोखिम न्यूनीकरण गर्न स्ट्यान्डडाउनको निर्देशन दिइएको जनाएको छ । गत हप्ता सो विमानमा सवार आठ जना चालक दलका सदस्यहरू दक्षिणी जापानको याकुशिमा टापुमा मारिएका थिए । मारिने ती सबै एएफएसओसीका सैनिक थिए।

विज्ञप्तिमा भनिएको छ, ‘ प्रारम्भिक अनुसन्धानले सम्भावित उपलब्ध सामग्रीको विफलताले दुर्घटना निम्तिएको जनाएको छ ।
 तर यस बारे वास्तविक कारण अझै पत्ता लागेको छैन।’

Advertisment

थप समाचार