सुनचाँदीको मूल्य आज पनि घट्यो 

सुनचाँदीको मूल्य आज पनि घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।