काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० बिन्दुमा पुगेको हो । बुधबार नेप्से १९.३७ अंकले बढेर १८४९.०३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा एक अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नबिल बैंक लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै नबिल बैंकको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
Advertisment