Below Menu
Below Menu

आयात निर्यात दुवै घट्यो: व्यापार घाटा चार खर्ब ६१ अर्ब

आयात निर्यात दुवै घट्यो: व्यापार घाटा चार खर्ब ६१ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको असोज महिनामा आयात र निर्यात दुवै घटेको छ । यस अवधिमा आयात ३.७९ प्रतिशत र निर्यात ७.६८ प्रतिशतले घटेको हो । असोज मसान्तसम्म ५ खर्र्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६८ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

विभागका अनुसार यस अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

यस अवधिमा नेपालले चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको तुलनामा व्यापार घाटा ३.३४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

असोजमा नेपालले पाँच खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   
 

Advertisment

थप समाचार