Below Menu
Below Menu

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, बैंक तर्फ ग्लोबल आईएमई

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, बैंक तर्फ ग्लोबल आईएमई

काठमाडौं : सरकारले सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८० को कर समापन समारोहको अवसरमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।

विभागले १६ विधामा सर्वाधिक कर तिर्ने व्यक्ति र कम्पनीलाई सम्मान गरेको हो । विभगाका अनुसार व्यक्तिगत तर्फ सर्वाधिक कर तिर्नेको सूचीमा विजय कुमार शाह रहेका छन् ।

शाह जावलाखेल डिस्ट्रिलरीका सञ्चालक हुन भने उनका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज बु्रअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी रहेका छन् ।

यस्तै संस्थागत तर्फ सबैभन्दा धेरै धेरै आयकर तिर्नेमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यसैगरी सूर्य नेपाल कम्पनीले दुई विधामा सम्मान पाएको छ ।

यस्तै धेरै निर्यात गर्नेमा डाबर नेपाल प्राली पुरस्कृत भएको छ । विशेष उद्योगतर्फ धेरै कर तिर्नेमा एशियन पेन्ट्स सम्मानित भएको छ भने कृषितर्फ ओबीसी फिड एण्ड फिड्स सम्मानित भएको छ ।

विभागका अनुसार बैंकतर्फ सर्वाधिक कर तिर्नेमा ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । त्यस्तै बीमा तर्फ एलआइसी नेपाल पर्यटन तर्फ मनकामना केबलकार र लघुवित्त तर्फ छिमेक लघुवित्त सम्मानित भएका छन् ।

त्यसैगरी मध्यम स्तरीय कर तिर्नेमा नेपाल स्टक एक्सचेन्ज सम्मानित भएको छ भने रेमिट्यान्स तर्फ आईएमई रेमिट, उर्जातर्फ भोटेकोशी जलविद्युत आयोजनालाई सरकारले सम्मान गरेको छ ।

त्यस्तै वस्तु व्यापार तर्फ भाटभटेनी सुपर मार्केट र शिक्षा तर्फ नोबेल मेडिकल कलेज पनि सबैभन्दा धेरै कर तिरेर सम्मानित भएका छन् ।

सरकारले उत्कृष्ट करदातालाई एक वर्षका लागि विशेष प्रकारको परिचय पत्र उपलब्ध गराउने भएको छ । कार्यक्रममा अर्थसचिव डा कृष्णहरि पुस्करले उत्कृष्ट करदातालाई परिचयपत्र दिने प्रक्रिया आजैदेखि सुरु भएको जानकारी दिए । सो अवसरमा अर्थमन्त्री डा महतले कर प्रशासनमा उत्कृष्ट सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गरेका थिए । 

Advertisment

थप समाचार