Below Menu
Below Menu

कारोबारसँगै दोहोरो अंकले सुधारियो शेयर बजार 

कारोबारसँगै दोहोरो अंकले सुधारियो शेयर बजार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २३.८२ अंकले घटेर १८२९.६५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा एक अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा बुद्धभूमि नेपाल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर माथिल्लो मैलुङ खोला हाइड्रो, थ्री स्टार हाइड्रो, र पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै आज सयपत्री  हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार