Below Menu
Below Menu

बुक बिल्डिङ मार्फत सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा 

बुक बिल्डिङ मार्फत सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रिया मार्फत योग्य संस्थापक लगानीकर्ताहरुका लागि शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम रहेको जारी पूँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात २४ लाख कित्ता शेयरका लागि शुरुको बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैया रहेकोमा त्यसलाई परिमार्जन गरी बिक्री मूल्य सिमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ कायम गरिएको छ । 

कम्पनीले नेप्सेले बोलकबोल गर्ने प्रक्रिया मार्फत योग्य लगानीकर्ताहरु सहभागी गराइ परिमार्जित मूल्यको सीमामा रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो । 

कम्पनीको आईपीओमा लगानीकर्ताले मंसिर १० गतेसम्म बोलकबोल गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई  क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

आईपीओ खरिदका लागि योग्य संस्थागत लगानीकर्ताले नेप्सेको रजिष्टर्ड कार्यालयमा गई बोलपत्र फारम भरि शिलबन्दी गरिएको गोप्य बोलपत्र फारम बुझाउनुपर्नेछ । 
 

Advertisment

थप समाचार