काठमाडौं : एक वर्षमा भगवती स्टिल इन्डष्ट्रिजको व्यापार ९४ प्रतिशत भन्दा बढीले बढेको छ । कम्पनीले सन् २०२३ मा तीन अर्ब ५७ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
सन् २०२२ को तुलनामा यस अवधिमा कम्पनीको व्यापार ९४.९८ प्रतिशतले बढेको हो । जबकी सन् २०२२ मा कम्पनीले एक अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
आर्थिक मन्दीका कारण विकास निर्माणका कामहरु ठप्प छन् भने अधिकांश क्षेत्रको व्यापार व्यवसाय सुस्ताएको छ । तर, भगवती स्टिल इन्डष्ट्रिको व्यापारमा भने उल्लेख्य वृद्धि भएको हो ।
कम्पनीले सन् २०२१ मा ३ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यसयता भने कम्पनीको व्यापार निरन्तर रुपमा बढेको देखिन्छ । सन् २०२३ मा कम्पनीले ७.४९ प्रतितश नाफा कमाएको छ ।
एम एस ग्रुपबाट सञ्चालित यस कम्पनीले स्टिलजन्य उत्पादन गर्दै आएको छ भने बीएसटी ब्रान्डमा उत्पादित सामान बिक्री वितरण गर्दै आएको छ ।
नेपालको स्टिल उद्योगमा क्षेत्रमा सन् १९९१ मा स्थापना भएको कम्पनीको अध्यक्ष सुमित कुमार अग्रवाल रहेका छन् । कम्पनीले दीर्घकालीन कर्जाका लागि २४ करोड ८७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ८९ करोड रुपैयाँको रेटिङ गराएको छ ।
Advertisment