काठमाडौं : आजबाट एमडीएमएसमा दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा लागू गर्दैछ । दर्ता नभएका मोबाइल फोनहरुमा नेपालका कुनै पनि सिमकार्डहरु चल्ने छैनन् ।
अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा लागू गर्न लागिएको हो ।
प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसिमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो ।
प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ वा छैन भनेर https://mdms.nta.gov.np/ मा गएर हेर्न सक्छन् । त्यस्तै मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#06# डायल गरेर पत्ता लगाउन सकिन्छ। यदी दर्ता छैन भने प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।
Advertisment