काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.३६ अंकले घटेर १८२६.२३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । आज बजारमा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नबिल बैंक लिमिटेड प्रमोटर शेयर सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज चार करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा एनआईसी एशिया लघुव्त्ति वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको हो । त्यस्तै आज हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment