Below Menu
Below Menu

दोहाेरो अंकले घट्यो नेप्से, ९६ करोडको कारोबार 

दोहाेरो अंकले घट्यो नेप्से, ९६ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । आज बजारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आशा लघुवित्त वित्तीय संस्थाको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १० करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा चन्द्रागिरी हिल्स लिमिटेड रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको हो । त्यस्तै आज सयपत्री हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार