Below Menu
Below Menu

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार सात रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार