Below Menu
Below Menu

कस्तो छ घोराही सिमेन्टको वित्तीय सूचक?

कस्तो छ घोराही सिमेन्टको वित्तीय सूचक?

काठमाडौं : घोराही सिमेन्टले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसमा कम्पनीको नाफा ५ करोड ३४ लाख रुपैयाँ मात्रै छ। जबकी कम्पनीले ४६ करोड ३८ लाख रुपैयाँ खुद नाफाको प्रक्षेपण गरेको थियो।

अघिल्लो वर्षको यसैअवधिमा घोराहीले २१ करोड ६५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो । यो ७५.३३ प्रतिशतले कम हो । कम्पनीको कारोबारमा भने भारी गिरावट देखिँदैन। ४ अर्ब ६२ करोडको सिमेन्ट बिक्री भएको कम्पनीले जनाएको छ। पोहोर ४ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको थियो।

ब्याज खर्च ह्वात्तै बढेकाले नाफा केही प्रभावित भएको देखिन्छ। १४ प्रतिशतले कम्पनीको ब्याज भुक्तानी बापतको रकम बढेको छ। गत आर्थिक वर्ष घोराहीले ४४ करोड ५४ लाख रुपैयाँ ब्याज तिरेको थियो। अघिल्लो वर्ष ३९ करोड तिरेको थियो।

यसबीच कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अवितरित नाफा ३ अर्ब ९९ करोड र जगेडामा ७ करोड ९० लाख रुपैयाँ छ। प्रिमियम बापत उठाएको २ अर्ब ६५ करोड रकम भने सेयर प्रिमियममा राखिएको छ।

गत आर्थिक वर्षसम्म कम्पनीको प्रति सेयर आम्दानी १.३४ रुपैयाँ र प्रति सेयर नेटवर्थ २६९.५३ रुपैयाँ कायम छ।

Advertisment

थप समाचार