Below Menu
Below Menu

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं : स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्न लागेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Advertisment

थप समाचार